चिज कुमारको लघु चलचित्र ‘खुसी’ सार्वजनिक

काठमाडौं,
माघ ११ ।

चिजकुमार श्रेष्ठको लघु चलचित्र ‘खुसी’ सार्वजनिक भएको छ । निर्माण टिमले सरस्वती पूजाको छेको पारेर ‘खुसी’ नामक लघु चलचित्र सार्वजनिक गरेको हो ।

यस लघु चलचित्रमा सुशील पोखरेल, सपना श्रेष्ठ पण्डित, नानी थापा कोइराला, कमल कोइराला, प्रिजा मिश्र, रश्रिता ठाकुरी, स्वस्तिका दाहाल, सागर घिमिरे लगातका कलाकारको अभिनय छ ।

सुभाषराज काफ्ले निर्माता रहनुभएको यस लघु चलचित्रलाई प्रधुम्न मिश्राले निर्देशन गर्नुभएको हो । यसमा पटकथा, संवाद तथा सहायक निर्देशनको जिम्मेवारी सायद एच कार्की (दुर्गा)ले सम्हाल्नुभएको छ ।

बिनोद भुजेलको संगीत, चन्दन दत्त र अतुल कर्णको सम्पादन तथा कलर रहेको यस चलचित्रमा पोस्टर डिजाइन पनि अतुल कर्णकै छ । यसका साउन्ड मिक्सिङ शैलेश श्रेष्ठ, आर्ट डाइरेक्टर सायद एच कार्की (दुर्गा) रहनुभएको छ । क्यामेरा, उपकरण तथा लाइट्सतर्फ रविन्द्र बराल, जयन्द्र रावल, ईश्वर बल्लभ र रामशरण उप्रेतीले समाल्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार