‘सिन्दुरे जात्रा’मा विजय र अञ्जनाको जोडी

काठमाडौं,
माघ ९ ।

चलचित्र ‘सिन्दुरे जात्रा’मा कीर्तिमान रच्नुभएका निर्देशकदेखि कलाकारसम्मको गठजोड हुने भएको छ । यो चलचित्रलाई सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गर्दैहुनुहुन्छ भने सोही फिल्मका मुख्य जोडी विजय बराल र अञ्जना बराइलीको अभिनय रहने भएको छ ।

निर्देशक पौडेलले विजय र अञ्जनालाई चलचित्रको कथाले नै मागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले बजारले रुचाएका कलाकार भनेर विजय र अञ्जनालाई चलचित्रमा लिएका होइनौँ । कथाले नै उहाँहरूलाई मागेको हो । चलचित्रका अन्य भूमिकाका लागि पनि कथा सुहाउँदो र चरित्रलाई न्याय गर्न सक्ने कलाकार मात्र चयन गर्नेछौँ ।’

सविन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा कथा निर्देशक पौडेल स्वयंको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ । छायांकनमा जानुभन्दा अघि नै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा रहेको निर्माण पक्षले अहिलेसम्म चलचित्रको कथावस्तुबारे जानकारी गराएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार