यस्तो छ ‘आबाट आमा’को ट्रेलर

काठमाडौं
माघ ८ ।

यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आबाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रको सार्वजनिक ट्रेलरले नेपालको पछिल्लो समसामयिक घटनालाई प्रस्तुत गरिएको छ । स्वदेशमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई ट्रेलरले दर्साउँछ । जहाँ आमा बिपना थापा बन्नुभएको छ भने भारतीय वरिष्ठ कलाकार प्रदीप रावत बुबा बन्नुभएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै भारतीय अभिनेता प्रदीप रावतले चलचित्र ‘आबाट आमा’को प्रदर्शनका लागि आफू उत्साहित रहेको सुनाउनुभयो ।

उहाँले चलचित्रमा आफू भएको र नभएको दुवै दृश्य एकदमै सानदार बताउनुभयो । ‘फिल्ममा जतिले काम गरेका छन् । एकदमै राम्रो काम गरेका छन्’, रावतले भन्नुभयो ‘निर्देशक चन्द्र पन्तको एकदमै मिहिनेत छ ।’ उहाँले भगवानको कृपाले चलचित्र सफल हुनेमा आफू आशावादी रहेको बताउनुभो ।

प्रदीप चलचित्रको प्रचार प्रसारका लागि मंगलबार साँझ काठमाडौँ आउनुभउको हो । चलचित्रको प्रचारका लागि उहाँ केही दिन काठमाडौँ रहनुहुने छ ।

कार्यक्रममा अभिनेत्री बिपना थापाले आफ्नो अभिनय पुनरागमन सफल बनाएको भन्दै दर्शकलाई धन्यवाद दिनुभयो । ‘फिल्मका सार्वजनिक गीतमार्फत अपार माया दिनु भएको छ । त्यसका लागि धन्यवाद’, उहाँले भन्नुभयो, ‘फिल्म ‘आबाट आमा’ एकदमै राम्रो बनेको छ । हेरेर प्रतिक्रिया दिनुहोला ।’ अभिनयमा कम ब्याक हुँदा राम्रो चलचित्रहरू पाएको भन्दै उहाँले आफूलाई भाग्यमानी भएको बताउनुभयो ।

अभिनेता पल शाहले चलचित्रमा आमाका लागि संघर्ष गर्ने केटाको भूमिकामा आफू रहेको बताउनुभयो । चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताउँदै राम्रो भूमिकाका लागि छनोट गरेकामा निर्माण टिमलाई धन्यवाद दिनुभयो ।

चलचित्रका निर्देशक चन्द्र पन्त हुनुहुन्छ । पन्तकै लेखन रहेको यस चलचित्रमा बिपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडा लगायतका कलाकारको अभिनय छ ।

ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त रहनुभएको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती रहनुभएको छ । चलचित्रको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी, थानेश्वर गौतम रहनुभएको छ । चलचित्रको वितरण आरआर फिल्मस् र डिजिटल अधिकार ओएसआर डिजिटलले गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार