‘खुशी हुन्छु’ भन्दै प्रवीण (भिडियोसहित)

काठमाडौं,
माघ ७ ।

प्रवीण भट्टराईको स्वरमा रहेको गीत ‘खुशी हुन्छु’ सार्वजनिक भएको छ । अनिल शर्माको शब्द रचना, कल्याण सिंहको संगीत, दीक्षित पौडेलेको संगीत एरेञ्ज र राजनभक्त श्रेष्ठको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/s9u5yJqE9MQ?si=pS8gkm304GoiekUe

सुनिल रावलको निर्देशन रहेको गीतको भिडियोमा एकरक्षा थपलिया र अंकित केसीलाई फिचरिङ गरिएको छ । प्रेमिल यस गीतमा आफूले माया गरेको मान्छेसँगै हुँदा खुशी हुने भाव व्यक्त गरिएको छ । गीतको भिडियो प्रवीणको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार