पोर्चुगलमा सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

लिस्बन,
माघ ४ ।

तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा आगामी ८ फेब्रुअरी २०२६ का दिन दिउँसो १२ बजे लिस्बनस्थित República da Música, Lda, Rua do Centro Cultural, 29, 1700-106 Lisboa मा कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

प्रवासमा रहेका नेपाली समुदायबीच सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार उर्गेन दोङर र गायिका र्मला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै, पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूले मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।

आयोजकका अनुसार कार्यक्रममा पोर्चुगलस्थित नेपाली नियोगका प्रमुख, पोर्चुगलका अध्यक्ष, विभिन्न वैचारिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी, कलाकार तथा साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले सोनाम ल्होछारको अवसरमा आयोजना हुने यस सांस्कृतिक कार्यक्रममा सहभागी भई उत्सवको गरिमा र शोभा बढाउन सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार