काठमाडौं,
पुस २८ ।
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौं संस्करण आगामी वर्षको वैशाख १० देखि १२ गतेसम्म आयोजना हुनेभएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरू दर्ताका लागि आह्वान गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्नेछन् । प्राप्त भएका चलचित्रमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका फिल्महरू महोत्सवमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागी उत्कृष्ट चलचित्रहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।






