रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं,
पुस २० ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आज (आइतबार) दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।

बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ ।

ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो । त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

अन्य समाचार