काठमाडौं,
पुस ४ ।
चलचित्र ‘लाली बजार’ को छायांकन सम्पन्न भएको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यस चलचित्रको छायांकन सकिएको हो । बर्दियामा ४० दिन लगाएको चलचित्रको सुटिङ पूरा गरिएको निर्माण टिमले जनाएको छ ।
चलचित्र यस थापाको लेखन र निर्देशनमा बनेको हो । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण रहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुनुहुन्छ ।
यस चलचित्रमा रविन्द्र सिंह बानियाँ, आशा पौडेल, विशाल सापकोटा, गोविन्द सुनार, अभय बराल, समायरा थापा लगायतका कलाकारहरूको अभिनय छ । फागुनको १ गतेको लागि चलचित्रको रिलिज मिति तय गरिएको छ ।






