काठमाडौं,
मंसिर २६ ।
साइन्स फिक्सन चलचित्र ‘एक्लो १’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे प्रस्ट पार्छ । चलचित्रमा प्रदीप खड्का, बेलायती अभिनेता जेमी बेकन केन्द्रमा हुनुहुन्छ । यस चलचित्रमा बेकन बेलायती अन्तरिक्षयात्रीको भूमिकामा देखिनुभएको छ । बेकन नेटफ्ल्क्सि श्रृंखला ‘ह्वाइट लाइन्स’ मा शीर्ष भूमिकामा देखिनुभएको थियो ।
ट्रेलरमा प्रदीप र जेमीसँगै विजय लामा र कविता नेपालीसमेत देखिनुभएको छ । डान्सर कविता नेपालीले यसै चलचित्रबाट सिनेक्षेत्रमा डेब्यु गर्नुभएको हो । यो चलचित्र सन् २०२५ मा कान्स फिल्म फेस्टिभलको मार्केटमा पिच भएको थियो । प्रदीप शाही निर्देशित यो चलचित्र पुस १७ गतेबाट प्रदर्शन हुँदैछ ।
शाइ प्रोडक्सन नेपालको प्रस्तुति रहेको यस चलचित्रमा प्रदीप, जेमी, विजय र कवितासहित बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ ।






