काठमाडौं,
मंसिर १६ ।
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को फष्र्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को पोष्टरमा सागर लम्साल ‘बले’ फिचर्ड हुनुहुन्छ ।
सागरले सिगरेट तानेर त्यसको नसामा रहेको दृश्यमा देखाइएको छ । यसले उहाँको क्यारेक्टरको विशेषता झल्काउने प्रयास गरेको छ ।
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेख्नुभएको हो । सागरसँगै यो चलचित्रमा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ ।






