किशोर सुब्बाको निर्देशनमा ‘तिते माछा’ निर्माण हुने

काठमाडौं,
मंसिर १५ ।

जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा कथानक वृत्तचित्र ‘तिते माछा’ निर्माण हुने भएको छ । साना तथा ठूला पर्दाका दर्जनभन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक किशोर सुब्बाको निर्देशन रहने उक्त वृत्तचित्रको पटकथा तथा संवाद यासेली योङ्हांगले तयार गर्दै हुनुहुन्छ । वृत्तचित्रको मूल कथा तथा परिकल्पना पनि निर्देशक सुब्बाकै रहने जनाइएको छ ।

यसमा सह–लेखनको रूपमा बिवस वेनाम, डा. टंक सेलिङ, किशोर सुब्बा स्वयं तथा सिर्स गीतका लागि हर्क योङ्हाङ, पाश्र्व संगीतमा अशोक लोहरूङ राई र मनि ताम्लिङको रहनेछ । त्यस्तै, कास्टिङ डिजाइन प्रेम सुब्बाले गर्नुहुने छ भने प्रोडक्सन कोर्डिनेटरमा सागर सुब्बा रहनुहुनेछ । लोकल सपोर्ट कोर्डिनेटर भीमकुमार सेम्बु तथा आशिष भट्टराईका साथै येहाङ लावती, प्रेम पन्दाक र विनोद पोमुको पनि सहकार्य रहनेछ ।

ताप्लेजुङको मेवाखोला, फावाखोला तथा पाँचथरको हेंवाखोला आसपासका क्षेत्रलाई प्रमुख लोकेशन बनाइ छायांकन गर्न लागिएको ‘तिते माछा’का कलाकार तथा प्राविधिकबारे भने छिट्टै विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने निर्देशक सुब्बाले जानकारी गराउनुभयो ।
निर्देशक सुब्बाले आफू हाल ‘हेल्लो अमेरिका’लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा म्युजिक भिडियोको निर्माण र निर्देशनमा सक्रिय रहेको र ‘तिते माछा’ पनि आफ्नो महŒवपूर्ण परियोजनाको रूपमा अघि बढिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार