प्रदर्शनमा ‘हर्ष’

काठमाडौं,
मंसिर १२ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि चलचित्र ‘हर्ष’ प्रदर्शनमा आएको छ । एकता पौडेलको डेब्यू निर्देशनमा बनेको यो पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र देशव्यापी प्रदर्शनमा आएको हो ।

दुई दिनअघि पुल्चोकस्थित लबिम मलमा आयोजित प्रीमियर शोमा यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । सेलिब्रेटी दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएपछि चलचित्रको टिम निकै उत्साहित देखिएको छ ।

यो चलचित्रको निर्देशक दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी हुनुहुन्छ । उहाँले अमेरिकाबाट फिल्म मेकिङमा उच्च शिक्षा हासिल गर्नुभएको छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा पनि निर्देशक पौडेलले नै तयार पार्नुभएको हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, साइमन बादी, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितलगायत कलाकारको अभिनय छ ।

आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ । प्रशन्न पौडेल तथा विकास पौडेल निर्माता रहेको चलचित्रमा हिक्मत चोखाल कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुनुहुन्छ ।

यसैबीच, नपालका सिनेमा हलमा आज शुक्रवार हिन्दी फिल्म ‘तेरे इश्क मेँ’ पनि प्रदर्शनमा आएको छ । आनन्द एल रायद्वारा निर्देशित यो चलचित्रमा धनुष र कृती सेनन मुख्य भूमिकामा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार