‘मुगलान’को ‘पिन्टु पियारी’ (भिडियोसहित)

काठमाडौं
मंसिर ३ ।

चलचित्र ‘मुगलान’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो । गीतमा शान्तिश्री परियार र हरि गिरी ‘विमर्शी’ को स्वर सुन्न सकिन्छ ।

मायाप्रेममा आधारित डान्सिङ शैलीको गीतमा चलचित्रका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य छ । यो गीतको शब्द रचना र संगीत हरि गिरीकै हो । भिडियोको कोरियोग्राफी देवेन्द्र कुवँरे गर्नुभएको छ । युना डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

रेहान प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्र ‘मुगलान’ को यसअघि प्रचार सामाग्रीका रूपमा टिजर सार्वजनिक गरिएको थियो । आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा प्रभात पाल र स्मारिकाका साथमा श्रीशिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोलालगायत कलाकारको अभिनय छ ।

चलचित्रको निर्माता गोमन सिंह हुनुहुन्छ भने सहनिर्माताका रूपमा रीता चौधरीले लगानी गर्नुभएको छ । तारा थापा ‘किम्भे’को सम्पादन, अजय रेग्मीको डिओपी, जय विष्ट र राम गुरूको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ ।

चलचित्रमा संगीत किरण भुसालको छ भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)लगायतको छ । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) हुनहुन्छ । चलचित्रको वितरण आर आर फिल्मस्ले गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार