मंसिर २६मा आउँदै ‘लोकन्ती’

काठमाडौं,
मंसिर १ ।

कृसन फिल्म्सले निर्माण गरेको नयाँ नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मंसिर २६ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई निर्माता-निर्देशक रञ्जित राना मगरले ‘पूर्ण पारिवारिक ड्रामा’ का रूपमा प्रस्तुत गर्नुभएको छ ।

चलचित्रमा अभिनेता एसराज गराच प्रमुख भूमिकामा प्रस्तुत हुनुभएको छ । काभ्रे जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित छ । सन्तोष न्यौपानेले निर्माण गर्नुभएको यो चलचिमा गराचसँगै ऋचा थापा, विमला लिम्बु, दमन रुपाखेती लगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट कुमार न्यौपाने तथा विकास अधिकारीले डेब्यू गर्दैहुनुहुन्छ ।

विकास चौधरीको संगीत निर्देशन रहेको यो चलचित्रको छायांकन रोनिश तामाङ च्याङ्बाले गर्नुभएको हो । चलचित्रको ट्रेलर चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार