काठमाडौं
कात्तिक १७ ।
नेपालका आठ वामपन्थी दलहरूले पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)बीच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर गरिएको छ ।






