काठमाडौं,
कात्तिक १६ ।
मीन केसी र माधवी अर्यालको स्वरमा रहेको लोकदोहोरी गीत ‘यो दिल भो खाली’ सार्वजनिक भएको छ । गायक केसीकै शब्द, संगीत र जुजु गुरुङको संगीत संयोजनमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिव विकको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा रमेशचन्द सोडारी र सरिता दानकुटीले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । वीरेन्द्र भाट ‘विपिन’को छायांकन र शिव मिश्रको रहेको भिडियोमा लोकेश भाटले ग्राफिक्स तयार गर्नुभएको छ भने सम्पादन वीरेन्द्र भाट ‘विपिन’कै छ । भिडियो वल्र्डकभर मिडियाको पोष्ट-प्रोडक्सनमा निर्माण भएको हो ।
गीतमा परदेश गएको प्रेमी र धनभन्दा साथ खोजिरहेकी प्रेमिकाको संवेदनशील भावना प्रस्तुत गरिएको छ । भिडियो सर्जक तथा कलाकार मिन केसी.को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गोर्खाको ताप्ले गाउँका स्थायी बासिन्दा प्रतिभाशाली गायक मिन केसी अमेरिका पुगेपछि पनि नेपाली लोकदोहोरीको प्रचार-प्रसारमा सक्रिय रहनुभएको छ ।
सन् २००६ मा बोष्टनमा स्थापित ‘लोक सुसेली समूह’का संस्थापक सदस्यसमेत रहनुभएका केसीले अमेरिका, युरोप र क्यानडासम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ ।






