देउसी-भैलो गीत ‘जेन-जी तिहार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कात्तिक २ ।

तिहारको अवसरमा प्रस्तुतिसहितको गीत ‘जेन-जी तिहार’ सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ, नेपाली जनताको संघर्ष र तिहार पर्वको सांस्कृतिकमहत्वलाई समेटेर तयार पारिएको यस गीतको भिडियो मोडल सजिना लामिछानेको सक्रियतामा सार्वजनिक भएको हो ।

गीतमा सजिना लामिछाने र तुलसी बाँस्कोटाको शब्द रहेको छ भने आरबी खत्री ‘शरद’, श्रद्धा दियाली, राजीव शाह, रमेश मैनाली र निर्मला कार्कीको स्वर समावेश गरिएको छ । राजीव शाहले एरेञ्ज र मिक्सिङको जिम्मेवारी सम्हाल्नुभएको छ भने गीतको रेकर्डिङ प्रकाश श्रेष्ठको स्टुडियो म्युजिक सिटी, अनामनगरमा गरिएको हो ।

गीतको भिडियोमा लक्ष्मीनाथ तिमल्सिना, आरबी खत्री ‘शरद’, सजिना लामिछाने, राज धामी, रमेश मैनाली, सरिता भण्डारीलगायत कलाकारको अभिनय छ । तिहारको मौलिक भावनालाई प्रस्तुत गर्ने क्रममा गीतले हालको सामाजिक परिवेशलाई समेत उजागर गरेको छ ।
गीतको कोरियोग्राफी दिनेश लिम्बुले गर्नुभएको छ भने निर्देशन आरबी खत्री शरदले सम्हाल्नुभएको छ । भिडियोको छायांकन राज पोख्रेल र सम्पादन राज धामीले गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार