इन्डो-नेपाल सहकार्यमा ‘मोना लिसा’ बन्ने, २०२६ मा प्रदर्शन

काठमाडौं,
असोज ७ ।

नेपाली र भारतीय चलचित्रकर्मी मिलेर नयाँ चलचित्र निर्माण हुनेभएको छ । दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुनलागेको हो । बिएन्डके इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।

सोमबार घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्ने हुनुभएको छ । चलचित्रमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने बताइएको छ ।

हाल चलचित्रको प्रारम्भिक तयारीसँगै कलाकार छनोटको प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको निर्माणपक्षले बताएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई चलचित्रले प्रस्तुत गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार