रुजन र मेलिनाको स्वरमा ‘चञ्चले आँखा’ (भिडियोसहित)

काठमाडौं,
असोज ५ ।

रुजन सिवाकोटीको स्वरमा रहेको गीत ‘चञ्चले आँखा।…’ सार्वजनिक भएको छ । अमेरिकाको भर्जिनियामा रहेर नेपाली गीत संगीतमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका रुजनले यो गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

गीतमा रुजनलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिनुभएको छ । डीपी खनालको शब्द रचना, देवेन्द्र बरालको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको गीत अमेरिकाको बाल्टिमोरस्थित आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सुनिल क्षेत्रीको निर्देशन रहेको गीतको भिडियोमा सुनिल क्षेत्री र केकी अधिकारीको अभिनय छ । उहाँहरूको नृत्यले भिडियोलाई अझ आकर्षक बनाएको छ ।

अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन तथा अमृत चापागाईंको सम्पादन र रंग संयोजन रहेको भिडियो रमाइलो दृश्य र नृत्य प्रधान प्रस्तुतिका कारण विशेष बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार