प्रमोद खरेलको स्वरमा ‘कातिल नजर’ (भिडियोसहित)

काठमाडौं,
भदौ २० ।

गजलकार बुद्धि सुवेदीको गजल ‘कातिल नजर’को भिडियो सार्वजनिक भएको छ । गजलमा प्रमोद खरेलको स्वर रहेको छ । ध्रुव विश्को (ध्रुवतारा)को संगीत रहेको गीतको भिडियोमा हेमन्त भट्टाराई निर्माता हुनुहुन्छ ।

भिडियोमा चिरञ्जीवी सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकाश खनाल, सोहज खान, कलेन्द्र सेजुवाल, रोशन विश्वकर्मा, जगदीश रेग्मी, भरत शाही ठकुरी, गोपाल दाहाल र कृष्ण सापकोटाले साथ दिनुभएको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोजीले गर्नुभएको हो भने रेकर्डिङ सामुएल थामीले वेभ स्टुडियोमा गर्नुभएको हो ।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । दिन्सन शाहले सम्पादन र रंग संयोजन गरेको भिडियोको छायांकन दिनेश पराजुलीको टोलीले गरेको हो । गीतको भिडियो आश्रिया क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार