‘घर संसार’को पच्चीस भाग पुगेमा खुशी साटासाट

काठमाडौं,
भदौ ४ ।

रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको लोकप्रिय सिरियल ‘घर संसार’ ले सफलतापूर्वक २५ एपिसोड पूरा गरी २६औं एपिसोडको सुरुवात गरेको अवसरमा कलाकार तथा प्राविधिकहरूको विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीले एकअर्कासँग खुशी साटासाट गर्दै आगामी दिनमा अझ स्तरीय र दर्शक रुचिको कथावस्तुलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सिरियल ‘घर संसार’ शहरमात्र होइन, गाउँघरका पाखा पखेराले पनि चिनेको, हरेक दिन आममानिसको जीवन कथा र पीडालाई मनोरञ्जनसँगै सामाजिक सन्देशसहित प्रस्तुत गर्ने विशेषताका लागि परिचित छ । यो सिरियल हरेक बिहीबार साँझ कान्ति भैरव मिडिया युट्युब च्यानलमार्फत प्रशारण हुँदै आएको छ ।

तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको लेखन र निर्देशन रहेको यस सिरियलमा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का, दीपक खड्गी, विक्रम दोंग, नियुक्ती शेर्पा, सुनिता बुढाथोकी, सुश्मिता थापा, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ र कृष्ण श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

सिरियलको छायांकन प्रज्वल राउत ‘गोकुल’ले गर्दै आउनुभएको छ भने निर्माण विक्रम दोंगले गर्नुभएको छ । टाइटल गीतको संगीत विवेक दोंगले तयार पार्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार