भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने तयारीमा ‘होस्टेल ३’

काठमाडौं,
भदौ १ ।

नेपालमा ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र भारतका ५० भन्दा बढी हलमा एकसाथ रिलिज हुनेछ ।

भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् । सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा लाग्दैछ ।

नेपालमा असाधारण रूपमा सफल भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रका हलमा यसको उच्च माग रहेको बताइएको छ ।

यस चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुनुहुन्छ । निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुनुहुन्छ भने सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहनुभएको छ । शङ्कर कोइराला कार्यकारी निर्माता हुनुहुन्छ भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार