‘पार्वती’मा दीपाश्री

काठमाडौं,
साउन २९ ।

चलचित्र ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध हुनुभएको छ । चलचित्र अभिनेत्री तथा निर्देशक नीता ढुंगानाले दीपाश्रीलाई नायिकाको रूपमा अनुबन्ध गरेको जानकारी दिनुभयो ।

दीपाश्रीले १२ वर्षपछि नीतासँग सहकार्य गर्न लागेको बताउनुभयो । १२ वर्षअघि ‘छ एकान छ’मा नीताले काम गर्नुभएको थियो ।

असोजदेखि छायांकन सुरु हुने चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रको कथा नीता ढुंगानाले लेख्नुभएको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पार्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार