भाइटीकामा ‘वरिष्ठ बलराम’

काठमाडौं,
साउन २८ ।

चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट लिएको छ । निर्माणपक्षका अनुसार यो चलचित्र तिहारको छेको पारेर भाइटीका (कात्तिक ६ गते)देखि सिनेमाघरमा आउने भएको छ ।

यसअघि यो चलचित्र लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने तय थियो । यो चलचित्र अहिले पोस्ट प्रोडक्सनमा रहेको छ ।
चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहनुभएको छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेख्नुभएको हो । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डीओपी मानकृष्ण महर्जनको छ ।

यसमा तपाइको मत

अन्य समाचार