काठमाडौं,
साउन १६ ।
माधवी अर्यालको स्वरमा रहेको तीज गीत ‘कतिमा राम्री’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रचना, हरि लम्सालको संगीत र कुशल सिंहको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशव भट्टको निर्देशन रहेको गीतको भिडियोमा अन्जली अधिकारी, बिना राउत र जुना कार्कीको नृत्य एवम् अभिनय रहेको छ । गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ ।
गीतको भिडियो गायिका माधवीको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा अजय रेग्मीको छायांकन र बिष्णु खड्काको दृश्य सम्पादन छ । गायिका अर्यालको गत बर्ष तीज गीत ‘माइतै रमाइलो’ श्रोता÷दर्शकमाझ ल्याउनुभएको थियो ।






