काठमाडौं,
साउन १४ ।
देवी हमाल र मीना रिसालको स्वरमा रहेको तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक भएको छ । हमालकै शब्द, संगीत रहेको तीज गीतको भिडियो सार्वजनिक भएको हो । दुई दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतमा समर्पित हमाल पछिल्लो समय पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
गीतको भिडियो गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठको निर्देशनमा तयार गरिएको हो । लक्ष्मण अधिकारीको प्रस्तुतिमा बनेको यस भिडियोमा केशव अधिकारी खत्रीको छायांकन, सहायक क्यामेराम्यान जयन्द्र कुँवर रहनुभएको छ । प्रेम शर्मा पौडेलको दृश्य सम्पादन, सुमन धरानेको मेकअप रहेको भिडियो तार्केश्वर क्षेत्र र काठमाडौंका रमणीय स्थलहरूमा छायांकन गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा सञ्चिता शाही ठकुरी, मनोज विश्वकर्मा, चक्रबहादुर हमाल ठकुरी, तारादेवी ठकुरी, लक्ष्मी केसी, रानु खाड, चेतनशील महिला विकास समूहका कलाकारहरूको अभिनय रहेको छ । गीत देवी हमालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






