नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल, ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट

एडिन्बरा,
साउन ५ ।

स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलो पटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाहरुमध्ये एक नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानका अनुसार बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यतामा गत शनिवार आयोजित फेस्टिभलमा स्थानिय समुदायका नेपाली दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।

एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा आयोजित फेस्टिभल नेपाल स्कटल्याण्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

आयोजक संस्थाहरुमध्येको एक नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलको रुपमा एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरिएको बताउँदै लघु चलचित्र, डकुमेन्ट्री तथा फिचर फिल्मका विभिन्न विधामा पुरस्कार प्राप्त गर्न सफल सबै सर्जकलाई हार्दिक वधाइ ज्ञापन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार