‘जदौ’मा दुई निर्देशक

काठमाडौं,
साउन ३ ।

चलचित्र ‘जदौ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित ‘जदौ’ निर्माण घोषणा कार्यक्रममा कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौर लिखित गीत वाचन गर्नुभएको थियो ।

दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन…’वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गर्नुभएको थियो ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’लाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रूपमा निर्देशन गर्न लाग्नुभएको हो ।
भदौ पहिलो साताबाट छायांकन हुने चलचित्रमा मुकुन, नीति, प्रभातपाल, विनोद, सन्ध्याका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे)लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार