‘आकाशै राम्रो जुनले’ भन्दै अनिस र सुनिता (भिडियोसहित)

काठमाडौं,
असार ३२ ।

पूर्वेली लोकलयमा आधारित दोहोरी गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक गरिएको छ । अनिस लिम्बु र सुनिता थेगीमको स्वर, मनिपाल राईको शब्द तथा संगीत र राजु काकी संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजय मगरको निर्देशन रहेको गीतमा विदेशबाट छुट्टीमा आएका लाहुरेले गाउँ फर्किएपछि देखिने उत्सव, नाचगान तथा मायालुसँगको पुनर्मिलन र विछोडलाई कथावस्तु बनाइएको छ । गीत अनामनगरस्थित किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा पूर्ण लिम्बु र सुहांगमा आङ्बुहाङ लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियोलाई अर्जुन खड्काले छायांकन तथा सम्पादन गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार