चौथो संस्करणको ‘मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड’ सम्पन्न

काठमाडौं,
असार २७ ।

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको छ । उपमा सञ्चार प्रालि. र तेजनेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल प्रमुख अतिथ्यता थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ट अतिथि तथा उपमा सञ्चारकी अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपालका अध्यक्ष सुमनकुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा विशिष्ट कलाकार सविन बास्तोला, पत्रकार कृष्ण भट्टराई, गायक तथा संगीतकार थानेश्वर गौतम र लोकगायक राजन भुजेल विश्वकर्मालाई श्रष्टा सम्मान प्रदान गरिएको थियो ।

दशक सम्मान अन्तर्गत गायिका माण्डवी त्रिपाठी, कुलेन्द्र विश्वकर्मा, देवी हमाल, सिनेम्याटोग्राफर नीरज कँडेल, गायक बिनोद ढकाल, कलाकार पन्हा अधिकारी, कविता राउत, चेतम गोतामे, शोभा पाण्डे, सरला राउत, मनु थापा मगर, सञ्चारकर्मी रिदेन महर्जन, निर्मल पौडेल, ग्राफिक्स डिजाइनर बिक्रम सुनार र सम्पादक रमेशमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अवार्ड विजेताहरूमा सीताराम परियार, छवि घिमिरे, होमनाथ कुँवर, बिनय कार्की, सारु मगर, अस्मिता गोर्खाली, श्याम राना, शितल शर्मा, पूजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी, थुमन शर्मा, भुवन के. पोख्रेल, देव नारायण मगर, सबिता परियार, कल्पित मिनु, सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, बिनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करन कँडेल, राजु तिमल्सिना, प्रिती पुन मगर, बिना ठकुरी, नरेश केसी, समिर तिमल्सिना, शोभा त्रिपाठी, बिमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनिषा बुढा, दशरथ डंगोल, संजय थिङ, भिमसेन सापकोटा, कबिता पुन मगर, कबिता खत्री, तुलसा सुनुवार, सुवास गडाल र इन्द्र बस्याल रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन उपाध्यक्ष रामकृष्ण पाण्डे अमनको स्वागत मन्तव्यबाट भएको थियो भने समापनमा सभाध्यक्ष आशा गौतमले सहभागी श्रष्टा र सर्जकप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण पिएन सापकोटाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार