नारायण थापाको नेतृत्वमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान

काठमाडौं,
असार २३ ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाबाट गायक नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । साधारणसभाले थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा र सुजाता केसी उपाध्यक्ष, सनम कठायत महासचिव र रिता केसी सचिव, बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डिजी र प्रज्वलराज भट्ट निर्विरोध चयन हुनुभएको छ । १७ सदस्यीय कार्यसमितिका बाँकी दुई सदस्य भने नयाँ कार्यसमितिबाट मनोनयन गरिने जनाइएको छ । संगीतकार राजेन्द्र बजगाईंको अध्यक्षता र विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष थापाले गीत–संगीत क्षेत्रमा फैलिएको विकृति–विसंगति नियन्त्रण गर्न, पछिल्लो समय कलाकारहरूमा बढेको निराशालाई सम्बोधन गर्न मनोपरामर्शदातासहित कार्यशाला आयोजना गर्ने र श्रष्टाहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम जस्ता सामाजिक पहलमा संस्थाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार