काठमाडौं,
असार १४ ।
चलचित्र ‘हली’को प्रमोशनल गीत ‘चान्स पाए त’ सार्वजनिक गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बाबुल गिरी र शान्तीश्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीत सार्वजनिक गरिएको हो ।
सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
सार्वजनिक प्रमोशनल गीतमा चलचित्रका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरु दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गर्नुभएको छ ।
कलाकारहरूको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको यो चलचित्रमा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी छ भने नम्रता भण्डारी सह-निर्माताको रुपमा हुनुहुन्छ ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, रामप्रसाद चौधरीको सम्पादन छ । चलचित्रको प्रमोशनल गीतलाई भने विपिन मल्लले सम्पादन गर्नुभएको हो । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको छ । चलचित्रमा राहुल राइको छायांकन छ ।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ । कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी रहेको कथा यो चलचित्रले बताउने जानकारी दिनुभयो ।






