काठमाडौं,
जेठ २६ ।
साहित्यकार भीष्मराज फुलाराको शब्द रचना रहेको नयाँ गीत ‘पुतली’ सार्वजनिक भएको छ । राजेन्द्र बजगाईंको सङ्गीत, आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ जस्ता थुप्रै भारतीय गीतका सङ्गीत संयोजक निषाध चन्द्राको सङ्गीत संयोजन र आशिषकै मिक्सिङ्ग/माष्टरिङ्ग रहेको गीतको भिडियो सार्वज्निक भएको हो ।
सुनिल सुनिल बिकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशी लगायतको अभिनय छ ।
शियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनिलके मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रविन भट्टको दृश्य सम्पादन, मिलन बिश्वकर्माको कलर, ज्योती केसी र नवीन खड्काको श्रृंगार र निर्मल न्यौपानेको प्रोडक्सन छ ।
भिडियोलाई एपी चलचित्र प्रोडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
साहित्यकार फुलारा उपन्यास लेखनका साथै अन्य साहित्य सिर्जना र गीत लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका थुप्रै कृति पाठकमाझ आएका छन् भने गीत पनि श्रोता/दर्शकमाझ आएका छन् ।






