‘परालको आगो’मा ‘उडिजाउँ भने म पन्छी हैन’ समावेश हुने

काठमाडौं,
जेठ २२ ।

निर्माणाधीन चलचित्र ‘परालको आगो’ कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । निर्माण पक्षले सङ्गीतकार शान्ति ठटालसँग यो गीत चलचित्रमा राख्नका लागि अनुमति लिएको हो ।

सुशिल पोखरेलको निमार्णमा बन्न लागेको चलचित्र ‘परालको आगोमा’का लागि सङ्गीतकार शान्ति ठटालसम्म उहाँको निवासमै पुगेर सम्झौता भएको हो । चार दशक अघि निर्माण भएको चलचित्र ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले जानकारी दिनुभयो ।

शान्ति ठटालको सङ्गीत रहेको यस गीतमा मनबहादुर मुखियाको शब्द र स्व. अरुणा लामाको स्वर रहेको छ । यो कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ । परालको आगोका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी सङ्गीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार दुवै पक्षबीच कागजी सम्झौतासमेत भएको छ । सङ्गीतकार ठटालले आफूले यो गीत परालको आगोमा समावेश गर्नअनुमति दिएको सुनाउनुभयो । आफ्नो गीत चलचित्रमा समावेश हुँदा खुसी लागेको बताउनुभयो ।

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित चलचित्र ‘परालको आगो’मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापा अनुबन्धित भइसक्नु भएको छ ।

चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई चलचित्रमा अनुबन्धित गर्नुभएको हो । मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिएको थियो । ‘परालको आगो’ मैनालीको कथासङ्ग्रह ‘नासो’मा सङ्ग्रहित छ ।

लक्ष्मण सुनार निर्देशित यो चलचित्र २०८२ को बडा दशैँमा प्रदर्शनमा आउने छ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गर्नुभएको थियो । निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताउनुभयो ।

निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार