शुभमुहूर्तसँगै बिहीबारबाट छायाकंनमा ‘द ब्ल्यू लाइट’

काठमाडौं,
जेठ २१ ।

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते बिहीबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा छायांकन गरिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुनुहुन्छ । उहाँको यो डेब्यु निर्देशन हो । चलचित्रको थिम पोष्टर यसअघि नै सार्वजनिक भइसकेको छ । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी हुनुहुन्छ । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा रहनुभएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरको रुपमा रमन ग्रे रहनुभएको छ । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नुहुनेछ । आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार