‘गण्डकी लोक तारा’का लागि प्रतियोगी छनोट

काठमाडौं,
जेठ १७ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखाले ‘गण्डकी लोक तारा’ प्रतियोगी छनोट गरेको छ । प्रतियोगी छनोट कार्यक्रम काठमाडौंस्थित डॉफे लाइभ दोहोरी स्टुडीयोमा गरिएको थियो । गायक तथा सर्जक प्रतिष्ठान गोरखा शाखाका पूर्व अध्यक्ष शिव केसीको संयोजकत्वामा कार्यक्रम गरिएको थियो ।

प्रतियोगी छनोट कार्यक्रममा गायिका हरिमाया गुरुङ, गायिका सरिता अधिकारी, विजेन्द्र नौवाघे निर्णयक रहनुभएको थियो ।
गण्डकी लोक तारा कार्यक्रम संगीत दिवसका दिन असाढ ७ गते पोखरामा हुने छ । जसमा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखाबाट गायक पवनश्री परिवार छनोट हुनुभएको छ ।

छनोट प्रक्रियामा सहभागी कलाकरहरू रेश्मा तामाङ, अमिस उपरकोटी, टिका गुरुङ, विजय परियार, सन्तोस थापा, पवनश्री परियार, देवनारायण मगर, नारायण खड्का लगायतको उपस्थित थियो । गायिका मञ्जु बिकको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमलाई प्रतिष्ठान गोरखा शाखाका उपाध्यक्ष सुनिल लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार