रविन्द्र आशिष शैलीको ‘छैन जुन आज’ (भिडियोसहित)

काठमाडौं,
जेठ १२ ।

रविन्द्र आशिष शैलीको शब्द रचना रहेको गीत ‘छैन जुन आज’ सार्वजनिक भएको छ । ज्योति प्रकाशको संगीत र राज सिग्देलको स्वरमा रहेको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षमा गरिएको लोकार्पणमा प्रमुख अतिथी वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत अत्यन्त राम्रो र नेपाली सांगितीक श्रोताको मनमा बस्न सक्ने खालको वनेको बताउनुभयो । थापाले शैलीका शव्दलाई संगीतकार ज्योति प्रकाशले न्याय दिएको जिकिर गर्नुभयो । अहिलेको यो पुस्तामा बन्ने गीत क्षणभरमै आउने क्षणमै हराउने भएकाले शैली र ज्योतिको परिश्रमको मिश्रण सदाबाहार खालको भएको उहाँको टिप्पणी थियो ।

गीतको वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेल, गीतकार संघ नेपालका पूर्वअध्यक्ष तथा गीतकार संघ नेपालका सल्लाहकार शुभ मुकारुङ, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार ज्योति प्रकाशलगायतले गीतको शव्दले भन्न खोजेको भावलाई व्याख्या गर्नुभएको थियो । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतको भिडियोमा जयराम थापाको छायाकंन र दीपेन्द्र प्रकाश केसीको निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार