डा. भोला रिजालको सन्देशमूलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ११ ।

प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा शनिबार काठमाडौंमा एक समारोहबीच गीतको भिडियोको लोकार्पण गरिएको हो ।

गीतकार सङ्घ नेपालले आयोजना गरेको भिडिओ लोकार्पण समारोहमा डा. पुकार श्रेष्ठ, डा. सुधिर शर्मा, गीतकार तथा स्वास्थ्यकर्मी सरला श्रेष्ठ, वरिष्ठ पत्रकार जीबराम भण्डारी, देउराली जनता फार्मेशीका अध्यक्ष हरिभक्त शर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी एवम् गीतकार सुमन बैरागी पण्डितले गर्नुभएको थियो ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ । लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गर्नुभएको हो ।

गीत तथा भिडियोले मृत्यु पछिको अङ्गदानको महत्वलाई प्रकाश पारेको छ । मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरू दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडियोमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार डा. रिजाल, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मा लगायतको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार