‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध

काठमाडौं,
जेठ ५ ।

चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध हुनुभएको छ । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो ।

हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसक्नुभएको छ ।

आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसक्नुभएको छ । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसक्नुभएको छ ।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैहुनुहुन्छ । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

उहाँले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुनुहुन्छ । उहाँले यसअघि ‘बुलाकी’ निर्माण गर्नुभएको थियो, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार