काठमाडौं,
जेठ ३ ।
यही जेठको ९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक गरिएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको छ ।
सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल-कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा नेम महर्जन, नरेन्द्र महर्जन, दीपकप्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।
फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो चलचित्रमा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।






