सोलुखुम्बु,
जेठ १ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको चार हजार ९०२ मिटरमा अवस्थित खरे नोलिङ होटलमा ‘वर्ल्ड हाइएष्ट अवार्ड सेरेमोनी २०२५’ सम्पन्न भएको छ । धर्मराज उपाध्याय (डा.डीआर उपाध्याय)को निर्देशनमा सम्पन्न कार्यक्रमको आयोजक वर्ल्ड रेकर्ड फाउण्डेशन रहेको थियो ।

चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको समारोहको प्रमुख अतिथि एडभेन्चर पिनाकल ट्रेक्स एण्ड एक्सपिडिसनका सीईओ तथा संस्थापक मल्टिपल वर्ल्ड रेकर्ड होल्डर सञ्च राई रहनुभएको थियो ।

कार्यक्रममा अवार्ड प्राप्त गर्नुहुनेहरूमा वेष्ट डान्सर अफ दि इयर सुकन्या आत्र्रे (खुशी कार्की), (मेरो डान्स युनिभर्स सिजन १ विजेता), वेष्ट कोरियोग्राफी अफ दि इयर अवार्ड स्वस्तिक अर्याल (मेरो डान्स युनिभर्स फाइनलिष्ट) गोर्खे इन्टरटेनमेन्ट प्रालि.को सीईओलगायत रहनुभएको थियो । समारोहमा नेपाली र विदेशीसहित २५ जना भन्दा बढीको सहभागीता थियो ।






