लण्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्दै थर्ड आई

काठमाडौं,
वैशाख २६ ।

नेपाली कला, संस्कृति, भाषा साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित थर्ड आई लिमिटेडले लण्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरेको छ । संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुनेछ । ‘यसले नेपाली चलचित्र उद्योगको विकास र विस्तारमात्र होइन, नेपाली भाषा र सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ’, उहाँले भन्नुभयो ।

महोत्सवमा सहभागी हुनचाहने चलचित्र नेपाली वा अंग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अंग्र्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्ने जनाइएको छ । हालसम्म विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भइसकेका छन् । तीमध्ये जुरी(निर्णायकहरू)ले १० उत्कृष्ट चलचित्रहरू छनोट गर्नेछ, जसमा तीन वटा नेपालमै निर्माण भएका चलचित्रहरू हुनेछन् । चयन गरिएका चलचित्रहरू युकेका विभिन्न शहरमा र विभिन्न डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिने बताइएको छ ।

समापन समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने आयोजकको भनाइ छ । नेपाली चलचित्रमा पु¥याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मानपत्र प्रदान गरिनेछ । सहभागी चलचित्रकर्मीहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डिसी, धिरेन साक्य, मोहन निरौला, रविन्द् खड्का, नीति शाह, सुवानि मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा लगायतका विशिष्ट व्यक्तित्वहरू रहनुभएको छ । समारोह १८ मे शुभारम्भ भएर ३१ मे गते समापन हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार