काठमाडौं,
वैशाख २२ ।
आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ सम्पन्न भएको छ । ‘नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा काठमाडौंमा शनिबार एक विशेष समारोहबीच उक्त अवार्ड सम्पन्न भएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनुभएको थियो ।
कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुसाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेकबहादुर तामाङ, डा.सुभाष घिमिरेलगायत चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
समारोहमा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरूले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशील व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीतसंगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मानबाट वरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित हुनुभएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाई प्रदान गरिएको थियो ।
त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन सञ्चारकर्र्मी सम्मान राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान(गीतकार/पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक सुशील ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मान गरिएको थियोे ।
सम्पूर्ण भाषा भाषिका कलाकारलाई प्रतिस्पर्धाभन्दा पनि सामूहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उद्देश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताउनुभयो । ‘विगत आठ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीहरूमा बनेका गीत र गीतका भिडियोहरूलाई प्रोत्साहनस्वरूप विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको छ,’ अध्यक्ष खरेलले बताउनुभयो ।
यस्तै, स्वागत मन्तव्य राख्दै अवार्डका सदस्यसचिव तथा नायक श्रीदेव भट्टराईले सबैको साथ सहयोगबाट निरन्तर उत्कृष्ट अवार्ड गर्न सफल भएको जिकिर गर्नुभएको थियो । सो अवसरमा नेपालीसहित अन्य सातवटा भाषा र भाकासहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको अवार्डको निर्णायक समितिमा सदस्यको रूपमा वरिष्ठ संगीतकार जुगल डंगोल, वरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, संगीत संयोजक साहास शाक्य, लोकगायक अमृत खाती, मोडल राज टाईगर, निर्देशक केशवराज भट्ट रहनुभएको थियो भने जुरीहरूको व्यवस्थापन अडियोतर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा ‘स्माइल’ र भिडियोतर्फ निम अवार्डका व्यवस्थापन प्रमुख सनम कठायतले गर्नुभएको थियो ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले ‘आँखाको नुर’ बोलको गीतमार्फत प्राप्त गर्नुभयो भने दोहोरी गायिकातर्फ गायिका सीमा थापाले दामौलीमा गेट बोलको गीतमार्फत अवार्ड चुम्नुभयो । यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय भावमा रामप्रसाद अवस्थी ‘उठौं जनता उठौं’, सर्वोत्कृष्ट गजलमा गीता सापकोटा हुमागाई ‘किन’, सर्वोत्कृष्ट आधुनिक गीतकारमा जि.एम दीपु दिपेन्द्र ‘महँगो भो तिम्रो माया’, सर्वोत्कृष्ट लोक/पप गीतकारमा, लिलाराज काम्वाङ ‘छुट्ने वेला’, ‘सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकारमा राजनराज शिवाकोटी ‘माया गर्न जान्यो मायाले’, सर्वोत्कृष्ट आधुनिक गायकमा सौगातजंग थापा ‘तिमी आदत बन्यौ’, सर्वोत्कृष्ट लोक/पप गायनमा शोभा पाण्डे ‘डल्ले खुर्सानी’ र सर्वोत्कृष्ट युगल गायनमा साइराज खाती÷मुना ठटाल ‘छुट्ने बेला’बाट अवार्ड प्राप्त गर्न सफल हुनुभयो ।
त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्दमा निश्चल दवाडी ‘कस्मीरे पच्छ्यौरी’, सर्वोत्कृष्ट दोहोरी लयमा शान्त शिशिर ‘बेसारे माया’, सर्वोत्कृष्ट दोहोरी गायकमा हेमन्त कान्छा रसाइली ‘पशुपतिमा शिवजी’, सर्वोत्कृष्ट नवगीतकारमा रोहन पौड्याल ‘तिमी रिसाउनु मै फकाउला’, सर्वोत्कृष्ट नवगायकमा सन्तोषकुमार तामाङ ‘कसले बनायो पैसा’ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिकामा निरुता राई ‘आउ आउ’, सर्वोत्कृष्ट ध्वनि मिश्रणमा प्रकाश मिश्र ‘थाहै थिएन दिल’, सर्वोत्कृष्ट एरेञ्जरमा, रिदम कँडेल ‘अधुरो सपना-२’, सर्वोत्कृष्ट भिडियो निर्देशकमा प्रकाश धिताल ‘गन्र्दव बाहुन’, सर्वोत्कृष्ट कोरियोग्राफरमा पुनम श्रेष्ठ ‘आउ आउ’ बोलको गीतबाट अवार्ड चुम्न सफल हुनुभएको थियो ।
त्यस्तै, सर्वोत्कृष्ट छायाँकारमा उत्सव दाहाल ‘आमा ए आमा’, सर्वोत्कृष्ट सम्पादकमा राजेश कुमार ‘सुनौली कोल’, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुषमा, एलपी शर्मा ‘मनमा प¥यो चोट’ तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिलामा पवित्रा शाँखी ‘भुल्नै गाह्रो भो’बाट अवार्ड पाउनुभएको थियो भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुषमा सुधीर श्रेष्ठ ‘सानै छु भेना’, सर्वोत्कृष्ट दोहोरी मोडल महिलामा सुजिना गोले ‘दर्पण बनाई हेर्छु’, सर्वोत्कृष्ट नवमोडल पुरुषमा कुन्दन गुप्ता ‘हामी छुट्ने दिन’ र सर्वोत्कृष्ट नवमोडल महिलामा निरुता विष्ट ‘मलाई त तिम्रो भर पर्नुछ’बाट अवार्ड प्राप्त गर्नुभएको थियो ।
समारोहमा भाषाभाषितर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकारमा सुरजबीर बज्राचार्य ‘नक्कलीम्ह मयजु’, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकारमा सानुबाबु महर्जन ‘मस्यु जित छुजुछुजु’, सर्वोत्कृष्ट नेपाल भाषा गायनमा राजकुमार मानन्धरः ‘दः पिनि द्यः ब्वय्कि’, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङमा सुदित श्रेष्ठ ‘कतांमरिया रुप छंगु’, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशनमा दर्शनबीर शाक्य ‘नाप च्वने मदुसां’ बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीतमा वीरेन्द्र झा ‘मिथिला धाम’, उत्कृष्ट तामाङ सेलोमा सन्जोक योञ्जन ‘मायामा नेल’, सर्वोत्कृष्ट भाषाभाषी गीतमा पुनितकुमार बंशल ‘जै जनम भौम’ (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाकातर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सी ‘आलु तामाले’ र सर्वोत्कृष्ट डेउडा गीत, महेशकुमार औजी ‘ए ईजु गैग्यो परान’बाट प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बु ‘छुट्ने बेला’, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरिएको थियो भने मेनुका थापाले ‘उठ उठ्नै पर्छ’बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गर्नुभयो । यस्तै, सर्वोत्कृष्ट लोक/पप गीतकार (जुरी), डि.पी खनाल ‘बुझे हुन्छ कुरा’ (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्य ‘चुपचाप’, सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुली ‘सूचना र प्रविधि यो’, सर्वोत्कृष्ट लोक/पप गायन (जुरी), अर्जुन खरेल ‘दुई चुल्ठी’, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी) ‘निरि मायाको’, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरी ‘फूल माया’ बोलको गीतबाट अवार्ड प्राप्त गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले ‘झरी’ बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले ‘बोली झर्कै छ’ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाइस) अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी सर्वोत्कृष्ट मैथली गीत (जुरी), डा.पुनम सिन्हा ‘मेघ मलहार’, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाइस), टीका बमजन ‘तामाले बोली फेर्दैन’, सर्वोत्कृष्ट गायक इन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई ‘कामीदाईको घनठोकाई’ र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, ‘पिलेन उडाउने’लाई प्रदान गरिएको थियो ।






