अमित प्रधानको स्वरमा ‘मायाको आभाष’ (भिडियोसहित)

काठमाडौं,
वैशाख १६ ।

अमित प्रधानको स्वर रहेको गीत ‘माया को आभाष’ सार्वजनिक भएको छ । अमितकै शब्द रचना एवं संगीत र हर्कुलस बस्नेतको संगीत निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

हिमाल थापाको निर्देशन रहेको गीतको भिडियोमा व्हेर्‍री केसी र अमितकै अभिनय छ । भिडियोमा सदिक्षा कर्माचार्यको मेकअप, खुस्बु श्रेष्ठको कपाल सजावट (हेयर) र ट्यांक साउदको मेकअप सहायक रहनुभएको छ ।

सार्वजनिक गीत ‘मायाको आभाष’लाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । डायस्पोरामा रहेका नेपाली गीतसंगीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उचितस्थान दिने हेतुले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यस गीतको भोकल रेकर्डिङ अष्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गर्नुभएको हो र यो गीतमा किरण बरालले बाँसुरी बजाउनुभएको छ ।

भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाउनुभएको छ । भिडियोको सम्पादन र रंग संयोजन हिमाल थापाले नै गर्नुभएको हो । भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिच्नुभएको हो भने उत्पादन व्यवस्थापक सलिम एमएसएम गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार