‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ४ ।

जेठको ९ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘नरसिंहाः अवतार’मा समावेश ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्र ‘दैव संजोग’मा समावेश गरिएको यो गीत रिक्रियट गरेर सार्वजनिक गरिएको हो ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीत सार्वजनिक गरियो हो । यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमालले स्वर दिनुभएको छ । गीतमा शम्भुजितकै शब्द तथा सङ्गीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडिओमा राजुविक्रम थापाको छायांकन छ । गीतको भिडियोको सम्पादन साहिल खानले गर्नुभएको हो ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल-कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य देख्न सकिन्छ । गीतको भिडिओलाई कविराजले गज्जबसँग कोरियोग्राफी गर्नुभउको छ । चलचित्रमा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारको पनि अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको यो चलचित्रमा राजु तामाङको एक्सन निर्देशन छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्रमा क्रियटिभ सिने आर्टस्को लागि नेम महर्जनको लगानी छ । साथै, चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ ।

यसमा तपाइको मत

अन्य समाचार