आइरहेको भन्दा फरक चलचित्र : ‘कर्मा’ कलाकार

काठमाडौं,
चैत ५ ।

नयाँ वर्ष २०८२ को छेको पारेर यही चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका फिल्मभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको उनीहरूले दाबी गरेका हुन् ।

‘यो आइरहेका फिल्मभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका फिल्मभन्दा फरक छ’, मुकुन भुसाल भन्नुहुन्छ, ‘निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।’

हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उहाँको भनाइ छ । स्टोरी, मेकिङ र न्यारेसन नै फरक हुँदा चलचित्र आइरहेका रेगुलर भन्दा फरक रहेको उहाँको जिकिर छ । त्यसैले कर्माप्रति आफूलाई पूर्ण विश्वास रहेको उहाँको भनाइ छ ।

विपीन कार्कीले आफूलाई एक्सन जनरामा पनि तयारी गरेर काम गरेको मुकुनले सुनाउनुभयो । ‘विपीन कार्कीलाई मेकरले जसरी विश्वास गरेर लिनुभयो, त्यसैगरी उहाँले पनि मेहनत गरेर काम गर्नुभयो,’ मुकुन भन्नुहुन्छ, ‘मेहनतकै कारण टिजरमा उहाँले वाहीवाही कमाउनु भएको छ ।’

कलाकार दिव्यदेबले अहिलेसम्म हरेक क्यारेक्टरमा विपीनले मिहिनेत गरेको बताउनुभयो । ‘हरेक सिनेमामा उहाँले फरकफरक क्यारेक्टरमा आफूलाई प्रुफ गर्नुभएको छ । यसमा पनि मिहिनेतले काम गर्नुभएको छ,’ दिव्यदेव भन्नुहुन्छ, ‘मेकरमा मात्र होइन दर्शकमा पनि त्यही छाप परिसकेको छ । जुनसुकै क्यारेक्टर पनि उहाँले मिहिनेत गरेर राम्रो गर्नुहुन्छ भन्ने भइसकेको छ । यसमा पनि उहाँले प्रुफ गर्नुभएको छ ।’

सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गर्नुभयो । ‘उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,’ उहाँले भन्नुभयो, ‘फिल्ममा क्यारेक्टर पनि त्यस्तै छ ।’

आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक खालको चरित्र रहेको सुनाउनुभयो । ‘आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,’ उहाँ भन्नुहुन्छ, ‘यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो फिल्मले हटाउनेछ ।’

निर्देशक चौधरीले जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने बताउनुभयो । ‘कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो फिल्म बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।’

नायिका उपासना सिंह ठकुरीले आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताउनुभएको छ । त्यसैले यसमा एक्सन भूमिकामा काम गर्ने विपीन कार्कीप्रति पनि विश्वास रहेको बताउनुभयो ।

चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार