काठमाडौं,
फागुन २३ ।
अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उहाँकी ८८ वर्षीया आमा हेमकुमारीको बिहीबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको हो ।
हेमकुमारीको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुगेका थिए । हेमकुमारीका दुई सन्तानमध्ये गौरी जेठी हुनुहुन्छ ।






