सकियो ‘हरिबहादुरको जुत्ता’को छायांकन

काठमाडौं,
फागुन २१ । 

चलचित्र ‘हरिबहादुरको जुत्ता’को इण्डकल्याप गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको यो चलचित्रको छायांकन २९ दिनमा सकिएको हो । चलचित्रको गीतबाहेक अन्य सम्पूर्ण छायांकन सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यले सहज रूपमा छायांकन सकिएको बताउनुभयो । उहाँले निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा काम गर्न सहज भएको र कलाकार तथा प्राविधिकको राम्रो टिमका कारण समयमै छायांकन सकिएको सुनाउनुभयो । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित वंश आचार्यले लगानी गर्नुभएको छ ।

चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सीता न्यौपानेलगायत कलाकारको अभिनय छ । निर्माता सरोज ओलीका अनुसार चलचित्र बडादशैँको फूलपातीदेखि सिनेमाघरमा आउनेछ । यो मितिमा चलचित्र ‘बलिदान, माइतीघर, डबल ट्रिपल, दशमी’लगायतले पनि सिनेमाघरमा आउने मिति घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार