सुरज र शारदाको स्वरमा‘केटीहरू घमण्डी’ (भिडियोसहित)

काठमाडौं,
फागुन २० ।

सुरज बुढाथोकी र सारदा रसाइलीको स्वरमा रहेको गीत ‘केटीहरू घमण्डी नेपालको’ सार्वजनिक भएको छ । बालकुमार श्रेष्ठको शब्द रचना, सुरज बुढाथोकीको संगीत, विष्णु तामाङको एरेञ्ज र कुमारसानु पुनको मिक्सिङ रहेको काठे भाकाको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेश काफ्लेको निर्देशन एवं छायांकन रहेको गीतको भिडियोमा सुरज बुढाथोकी, अञ्जना, समिर सुवेदी, एलिना थपलिया, शिवु पाण्डे, सन्ध्या घतानी, कौशल नेपाललगायत कलाकारको अभिनय रहेको छ । सुमन शंकरको मेकअप रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन एवं कलर छ । गीतको भिडियोे चिलगाडी फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार