सन्दीप बोहोराको कवितासंग्रह ‘अपरावर्ती’ सार्वजनिक

काठमाडौं,
माघ २२ ।

लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कवितासंग्रह ‘अपरावर्ती’ सार्वजनिक भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर देव डी प्रोडक्सनले पाठकमाझमा ल्याएको यो कवितासंग्रहमा कुल ८७ कविता छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताउनुभयो ।

‘कवितामार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैंमा हराइरहेकालाई अरूको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ,’ सन्दीपले भन्नुभयो ।

उहाँले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केही वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको सुनाउनुभयो । उहाँले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको जानकारी गराउनुभयो । ‘यो एउटा प्रयासरत व्यक्तिको भोगाई हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न संघर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भन्नुभयोे ।

यसमा तपाइको मत

अन्य समाचार